इटहरी । सुनसरीको गढि गाउँपालिका ३ स्थित मुसहर बस्तीमा राधिका फाउन्डेसनले लत्ताकपडा, शैक्षिक सामाग्री र खाद्यान्न सामाग्री विरतण गरेको छ ।
पुषको जाडोमा लत्ताकपडा नभएका र ज्यालामजदुरी गरेर छाक टार्ने १४० जनालाई करिब एक लाख बराबरको उक्त सामाग्री वितरण गरिएको हो । मुसहर बस्तीका बालबालिकालाई शैक्षिक सामाग्री समेत वितरण गरिएको फाउन्डेसनले जनाएको छ।
राधिका फाउन्डेसनले सकेसम्म पिडितको घरमै पुगेर राहत सामाग्री वितरण गर्दै आएको छ ।
यस कार्यको संयोजन संस्थाकी सचिव कल्पना भट्टराईले गरेकी हुन् भने व्यवस्थापन उपाध्यक्ष अन्जु आचार्य र शान्ता न्यौपानेले गरेका थिए ।
राधिका फाउन्डेसनकी अध्यक्ष राधिका दासीले सहयोगी सबैलाई धन्यवाद दिंदै अगामी दिनमा अझ धेरै दुर्गम र अत्यावश्यक स्थानमा सहयोग गर्ने बताइन्।