जनकपुर । पोखरा–जनकपुर हवाई सेवा शनिबार(आज) देखि सुरु भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बिहान साढे ११ बजे प्रथम यात्रीको रुपमा पोखराबाट जनकपुर अवतरण गरेका हुन् ।
जनकपुर–काठमाडौं हवाई सेवा मात्र सञ्चालनमा रहेको जनकपुर हवाई अड्डाबाट अब साताको तीन दिन बुद्ध एयरको बीच एयरक्राफ्ट पोखरासम्म सञ्चालन हुनेछ ।
१८ यात्री बोक्ने क्षमता भएको उक्त एयरक्राफ्ट सोमबार,बिहीबार र शनिबार विहान साढे ११ बजे जनकपुरबाट उड्ने बताइएको छ ।
मुख्यमन्त्री पोखरेलले हवाई सेवा प्रारम्भ भएपछि पोखरा र जनकपुरको पर्यटन क्षेत्रमा उल्लेख्य सुधार हुने बताए ।