नेपालगन्ज । नेपालगन्जस्थित एन्जल्स हाई स्कुलका शिक्षक सञ्जय जयसवाल बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलस्थित एन्जल्स हाई स्कुलका गणित विषयका शिक्षक जयसवालले सोही विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका हुन् ।
१५ वर्षीया छात्रामाथि बलात्कारको प्रयास गरेको उजुरी परेपछि पक्राउ गरिएको बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।
शिक्षक जयसवालले छात्रामाथि गत माघ २५ गते बलात्कारको प्रयास गरेका थिए । पीडित छात्राले दिएको जाहेरीमा शिक्षक जयसवालले माघ २५ गते बेलुका साढे ७ बजे कोचिङ सेन्टरमा अन्य विद्यार्थी उपस्थित हुनुअघि नै छात्रामाथि बलात्कार प्रयास गरेको उल्लेख छ ।