नेप्सेमा दोहोरो अंकको गिरावट

न्युजलय ९ भदौ २०७९, बिहिबार ०९:४० मा प्रकाशित

काठमाडौं । साताको पाँचौ कारोबार दिन बिहिबार(आज) सेयर बजामा दहोरो अंकको गिरावट भएको छ । 

बिहीबार बजार परिसूचक नेप्से १८.३० अंकले गिरावट भएर २०३९.५४ अंकमा बन्द भएको छ ।

नेप्सेमा गिरावटसँगै सबै उपसूचक पनि घटेको छ । अन्य उपसूचक २.२ प्रतिशत र वित्त कम्पनी उपसूचक २.०७ प्रतिशतले गिरावट भएको छ । त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.३६ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार देखिएको छ । सुरुवाती ३ घण्टामा बल्ल अर्ब नाघेको कारोबार रकम अन्तिम घण्टामा नेप्सेमा गिरावट हुँदा घट्दो बजारमा सेयर किन्ने बढेसँगै कारेबार रकम उकालो लागेको हो ।

बिहीबार बजारमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १६८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बिहीबार कारोबार भएका मध्ये अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९.९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।