हेटौंडा । उत्तरी मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ।
शनिबार चित्लाङमा हिउँ खेल्ने क्रममा अत्यधिक चिसोको कारण एक युवकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले प्रहरी टोली घटनास्थल पुगिनसकेकाले मृतकको विवरण खुल्न बाँकी रहेको बताए।
उनले हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु भएको खबर आफूहरूले पाएको र प्रहरी टोली त्यसतर्फ गइरहेको बताए।
दासले अत्यधिक चिसो (हाइपोथरमिया) कारण युवकको मृत्यु भएको हुन सक्ने आशंका गरिएको जानकारी दिए। थप विवरण प्रहरी टोली पुगिसकेपछि आउने बताइएको छ ।