काठमाडौं । ११ वर्षअगाडि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हानेर चर्चामा आएका देवीप्रसाद रेग्मी राप्रपामा प्रवेश गरेका छन् ।
सोमबार सुनसरी बराह नगरपालिकाको चक्रघट्टीमा आयोजित आमसभाका क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई टिका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
सुनसरी भरोल–१ का रेग्मीले २०६७ साल माघ ६ गते खनाललाई एक सार्वजनिक कार्यक्रममा झापड हानेका थिए । त्यसवापत उनले केही दिन प्रहरी हिरासत बस्नुपरेको थियो ।
पाँच दिनपछि जिल्ला अदालतबाट एक रुपैयाँ जरीवाना तिरेर उनी छुटे । झापड खाएका खनालले माफी दिएपछि उनी छुटेका थिए ।