विश्वकप लिग–२ : घरेलु मैदानमा नेपालले आज युएइसंग खेल्ने

न्युजलय २८ फाल्गुण २०७९, आइतबार ०३:०० मा प्रकाशित

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक  सिरिजमा आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । 

त्रिभुवन विश्वविद्यालयको खेल मैदान, कीर्तिपुरमा बिहान ९ः३० बजेदेखि सुरु हुने खेलमा नेपालले युएसँगै प्रतिस्पर्धा गर्न लागेको हो । 

सिरिजको पहिलो खेलमा जित हात पारेको नेपालले आजको खेलमा पनि जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई पराजित गरेको थियो ।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जित निकाल्नु पर्ने हुन्छ ।