झापामा एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु

न्युजलय २६ फाल्गुण २०७८, बिहिबार ०४:१२ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिका–९, घैलाडुब्बामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्थानीय ३६ वर्षीय उमेश थापाको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

बुधबार बेलुका मे १ च ५२५ नम्बरको एम्बुलेन्सले थापालाई ठक्कर दिएको थियो । एम्बुलेन्ससहित चालक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा छन् ।