खोटाङ । नेकपा एमालेले आइतबार खोटाङमा उम्मेदवार टुंग्याएको छ । जिल्लाबाट सिफारिस भएका नामलाई प्रदेश कमिटीले अनुमोदन गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कुमार आचार्य, उपप्रमुखमा विणादेवी राई वा राजकुमारी राई (टुंगिना बाँकी), हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा खडेन्द्र साम्पाङ राई, उपप्रमुखमा तुलसा बुढाथोकी, केपिलासगढी गाउँपालिका अध्यक्षमा कृष्णकुमार राई, उपाध्यक्षमा उमा गुरुङ, ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा गिरेन्द्रबहादुर राई, उपाध्यक्षमा पुष्पकला भुजेललाई उम्मेदवार बनाउने पक्का गरेको छ ।
त्यस्तै, रावाबेंसी गाउँपालिका अध्यक्षमा हरिकुमार पोखरेल, उपाध्यक्षमा कौशिला गुरुङ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र राई, उपाध्यक्षमा अरुण थापा मगर, खोटेहाङ गाउँपालिका अध्यक्षमा कविता राई, उपाध्यक्षमा राजन बन्जरा, बराहापोखरी गाउँपालिका अध्यक्षमा गोमा मगर, उपाध्यक्षमा जीवनकुमार राई, जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षमा शंकरबहादुर राई र उपाध्यक्षमा विमला राई र साकेला गाउँपालिका अध्यक्षमा गोपीकृष्ण बस्नेत र उपाध्यक्षमा दिलकुमारी राईलाई उम्मेदवार छानेको एमाले सचिव कुमार आचार्यले बताए ।