सिद्धबाबालाई ‘बलात्कारी’ भन्दै नाराबाजी गरे‍पछि रोशनी शाही पक्राउ

न्युजलय १० साउन २०७९, मङ्गलबार ०८:४६ मा प्रकाशित

काठमाण्डौ । पशुपतिनाथ क्षेत्रमा  ‘अतिरुद्र महायज्ञ’मा जुटिरहेका सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध नाराबाजी गरेपछि रोशनी शाही पक्राउ परेकी छन् । 

तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोप लगाएकी शाहीले मंगलबार(आज) पशुपतिनाथ परिसरमा पुगेर सिद्धबाबाविरुद्ध नाराबाजी गरेकी हुन् । 

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेका सिद्धबाबाविरुद्ध रोशनीले ‘बलात्कारी’ भन्दै नाराबाजी गरेकी थिइन् । 

त्यसपछि उनलाई प्रहरीले तत्कालै पशुपति परिसरबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनलाई अहिले महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ ।