न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ

न्युजलय १४ बैशाख २०८१, शुक्रबार ०५:४४ मा प्रकाशित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजी ८ सय ग्राम सुन र डेढ करोड रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने दुई जना नेपाली छन् । भारतीय नागरिकहरू अमूल विभूति, ऋषिकेश विभूति, गणेश बाल्टे रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी दिनेश खरेल र भरत वासु पनि उनीहरूसँगै पक्राउ परेका छन् । बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


‘