काठमाण्डौ । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार चौथो जित हात पारेको छ ।
ढाकाको मिरपुरस्थित सहिद सुरवार्दी राष्ट्रिय इन्डोर स्टेडियममा आइतबार(आज) नेपालले महिलातर्फ उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो ।
प्रतियोगितामा नेपालले खेल २५–२०,२५–२३ र २५–१४ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ३–२ र दोस्रो खेलमा माल्दिभ्स तथा तेस्रो खेलमा आयोजक बंगलादेशसँग समान ३–० को सोझो सेटको जित हात पारको थियोे ।
नेपाली पुरुष टोलीले पनि आजै माल्दिभ्सको सामना गर्नेछ ।