भाटभटेनी लुटपाट रोक्न बहादुरी देखाएका सुरक्षा गार्ड सम्मानित

न्युजलय १९ चैत २०८१, बुधबार ०४:४८ मा प्रकाशित

काठमाडौं । राजावादीहरुको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाउनेहरुलाई लखेटेका सुरक्षा गार्डलाई सम्मानसहित पुरस्कृत गरिएको छ ।

भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको हो ।

उनलाई आज एक कार्यक्रमबीच ५ लाख १ हजार १११ नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको भाटभटेनीले जनाएको छ ।