संखुवासभाको मादी नगरपालिका प्रमुखमा नेकपा एमालेका लिङ्थेप विजयी

न्युजलय ३ जेठ २०७९, मङ्गलबार ०९:२९ मा प्रकाशित

 संखुवासभा । संखुवासभाको मादी नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।

मादी नगरपालिका प्रमुखमा एमालेका जिवन लिङ्थेपले ४ हजार ३३१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट प्रमुख उम्मेदवार दावाछत्र शेर्पाले २ हजार ६७६ मत मात्र ल्याएका छन्।

प्रमुख लिङथेपले १६ सय ५५ मत अन्तरले माओवादी केन्द्रका दावाछत्र शेर्पालाई पराजित गरेका हुन्।

त्यस्तै उपप्रमुखमा एमालेकै सुनिता देवी भट्टराई विजयी भएकी छन्। उनले ४ हजार ११० मत ल्याएर विजयी भएकी हुन्। कांग्रेसका पासाङ शेर्पालाई ८८२ मत अन्तरले पछि पार्दै भट्टराई उपप्रमुख पदमा विजयी भएकी हुन्।