काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबारको दिन पुनः गिरावट आएको छ । सोमबार बजार परिसूचक २३.८५ अंकले घटेको हो।
पहिलो कारोबारको दिन आइतवार ९५ अंकले बढेको बजार सोमबार भने २४ अंकले घटेको छ । साताको सुरुवातकै दिन उल्लेख्य रूपमा परिसूचक बढ्दा हौसिएका लगानीकर्ता सोमवारको कारोबारमा पुनः पुन निराश भएका छन् ।
आइतवार ९५ अंक बढेर १९५६.९८ अंकमा उक्लिएको बजार परिसूचक आज २४ अंक घट्दा १९३३.१३ मा ओर्लिएको छ। आजको कारोबारमा नेप्से २३.८५ अर्थात १.२२ प्रतिशतले घटेको छ।
बजार घट्दा आइतवारको तुलनामा कारोबार रकम पनि घटेको छ । आज २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९ सय ४८ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार २ अर्ब १९ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज ५६ लाख ४१ हजार ५ सय ४० कित्ता सेयर ४३ हजार १ सय २२ पटकमा किनबेच भएको थियो । जसमा २२९ कम्पनी सहभागी थिए ।