एमबीबीएस प्रवेश परीक्षा दिन गएका ४ जना नक्कली परीक्षार्थी पक्राउ

न्युजलय १९ चैत २०७८, शनिवार १२:३२ मा प्रकाशित

काठमाडौं । काठमाण्डौ र भक्तपुरका परीक्षा केन्द्रबाट एमबीबीएस परीक्षा दिन गएका चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । 


महानगरीय अपराध महाशाखाको टोलीले आज शुक्रवार अरूका नाममा परीक्षा दिन पुगेका चार जनालाई पक्राउ गरेको हो । भक्तपुर र काठमाण्डौका परीक्षा केन्द्रबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  


आजदेखि एमबीबीएस प्रवेश परीक्षा सुरु भएको छ ।