दिपा केसीहरुको सहारा स्थल बनेको माया घर नेपाल !

शंकर खत्री १० माघ २०७८, सोमबार ०९:१० मा प्रकाशित

इटहरी । सुनसरीको धरान घर भइ हङकङमा हुर्के बढेकी दिपा केसी अहिले इटहरीमा रहेको माया घर नेपालमा आश्रय लिइरहेकी छिन् । उनका बुबा पल्टनमा हुँदा उनि पनि उतै बसेकी थिइन् । विबाह भएपछि उनि नेपाल बस्न थालिन् ।

पहिलो विवाह र पहिलो जीवन साथीसँगको उनको सहयात्रा धेरै टिकेन । फलस्वरुप उनले दोस्रो विवाह गरिन् । एउटा भनाइ छ नि ‘दैवको आँखा लागेपछि कसैको केहि लाग्दैन’ उनको जीवनमा पनि यस्तै भएको छ । 

पहिलो श्रीमानबाट माया नपाएर तड्पीएकि उनि दोस्रो श्रीमान पाएपछि त्यो माया पाउँछु भन्ने आशामा थिइन्। विवाह गरेको केहि वर्षमा नै उनको श्रीमानको सडक दुर्घटनामा परेर मृत्यु भयो । त्यसले उनले देखेको सबै सपना मृगतृष्णामा परिणत भयो ।

आफ्नाबाट पाउने माया अब सकियो जस्तो उनलाई लाथ्यो । ‘जब मैले सेकेण्ड (दोस्रो) विवाह गरेँ । मेरो जीवन राम्रोसँग चलिरहेको थियो’, उनले भनिन्, ‘जब उहाँ बाइक एक्सिडेन्ट (दुर्घटना) भएर वित्नु भयो मैले धेरै दुःख पाएँ ।’

यी पिँडाहरु भूल्न ‘रक्सी’ उनको सारथी बन्यो । जब रक्सी उनको सारथी बन्यो तब उनका आफन्त र परिवारजनहरु टाढा भए । सारथीको चुस्कि लिँदा उनलाई आफूले गलत गरेको छु भन्ने कहिले लागेन ।

बरु उल्टै यो त मैले राम्रो पो गरेँ । एकदम सकरात्मक बाटोमा म जाँदै छु जस्तो उनलाई लाग्थ्यो । रक्सिसँग उनको यति अनन्याश्रीत सम्बन्ध विस्तार भयो कि उनलाई परिवार नै चहिएन्। न त परिवारले

नै उनको आवश्यकता महसुस गर्यो । यहि कारण उनि परिवारबाट हेलामा परिन् । पिडिँत बनिन्। ‘उहाँ वितेपछि मैले रक्सि सेवान गर्न थालेँ । मलाई बाँच्नलाई एकदम गाह्रो भयो । मेरो साथी भनेको नै रक्सी थियो’, उनले भनिन्, ‘जब मैले रक्सि खान्थे मलाई कहिले नेगेटिभ (नकरात्मक) फिल नै हुँदैनथ्यो । जहिले पोजेटिभ (सकरात्मक) मात्रै फिल हुन्थ्यो ।’

यो सबैको लतमा पर्नुमा उनको श्रीमानको मृत्यु मात्रै एकल कारण भने होइन् । उनका आफ्ना प्रायः सबैलाई उनले गुमाइन् । आमा, बुबा, भाई अनि एक जना भिनाजुलाई समेत उनले गुमाइन् । त्यसपछि उनको आफ्ना भनेका नै श्रीमानका परिवार र आफ्नो परिवारका दुई दिदिहरु थिए । तिनिहरुबाट परिवारको माया नपाएपछि उनि रक्सिको सहारामा जीवन विताउन थलिन् । 

अब उनको घर सडक थियो । सडक पेटी ओछ्यान अनि आकाश ओड्नी । रोग, भोक अनि सोख हरणको साथी रक्सि । ‘मेरो बुबा पनि वित्नु भयो । आमा पनि वित्नु भयो । एउटा भाइ थ्यो ऊ पनि वित्यो । जेठो भिनाजु पनि रहनुभएन्’, उनले भनिन्, ‘यो सब बित्दा मलाई एक किसिमको नरमाइलो लाग्यो । आफूले सोचेको कुराहरु पुरा नहुँदा मनमा कस्दो हुँदो रहेछ ।’ हामीलाई यी सबै अनुभव सुनाउँदा उनका आँखा भरि आँसु छल्कीरहेका थिए । 

भरिएको गाग्रीको पानी झैँ उनका आँसु पनि थोरै हलिँदै पोखिने गरि थिए । त्यसलाई थाम्दै उनि आफ्ना भोगाइ हामीलाई सुनाइ रहिन्। त्यहि बेलामा उनले भनिन्‘त्यसरी म खान्थेँ । यसरी 

खाँदा मलाई मेरो परिवारहरुले टाढा राख्यो। पैसा हुँदा चाहिँ मलाई नजिकबाटा हेर्ने । माया गर्ने गर्थे । पैसा नहुँदा चाहिँ उनिहरुले मलाई टाढा राख्थे ।’

परिवारमा उनलाई मनै अमिलो हुने गरि गाली गर्थे । उनलाई लाथ्यो मलाई सुधार्न गाली गरेको होला । सुधारार्थ गरिएकोजस्तो लाग्ने त्यो गाली समय वित्तदै जाँदा उनलाई हेला गरेका जस्तो लाग्न थाल्यो ।

त्यसपछि उनले परिवारबाट टाढीमा विराच गरिन्। अनि सडकलाई आफ्नो अर्को ‘मायाले भरिएको घरको’ कल्पना गरिन्। ‘मलाई उनिहरुले हेला गर्न थाले। अनि मैले घर नै छोडेँ’, उनले भनिन्, ‘म त्यसपछि

बाटोमा बस्न थालेँ । सुत्ने घर थिएन् । बाटोमा नै बस्न थालेँ । खान थालेँ ।’ उनलाई त्यो समयमा रक्सिको लत यति धेरै थियो कि कसले र कसरी आफूलाई ‘माया घर नेपाल इटहरी’ ल्यायो भन्ने पनि थाहा भएन्। ‘कसरी मलाई यहाँ (माया घर नेपाल) ल्याए मलाई केहि थाहा भएन’, उनले भनिन्, ‘कसले ल्ययो पनि मलाई थाहा छैन ।’

माया घरको एक वर्ष बसाइमा उनिमा धेरै परिवर्तन आएको छ । अहिले उनि आफ्ना विगत भूलेर सुन्दर भविष्य निमार्णका सपाना बुन्न थालेकी छिन् । उजाड ‘कालाहारी’ बनेको उनको जीवनमा माया घर

सुन्दर बगैँचा बनेको छ । उनि अब नयाँ जीवनको सुन्दर सुरुवात गर्न तम्सिएकी छिन्। ‘अहिले माया घरमा आएर मैले धेरै परिवर्तन पाएँको छु आफूमा । धरे सिक्न पनि पाएको छु’, उनले भनिन्, ‘प्युन

नपाउने चिजहरु (रक्सि) पनि मलाई खाउँ जस्तो पनि लाग्दैन । मलाई त्यो पट्टि ध्यान नै जाँदैन । मेरो नयाँ जीवनको सुरवात भए जस्तो लाग्छ । अहिले म ती सबै कुरा भुलेर नयाँ जीवनको बारेमा मात्रै सोच्छु । अब मेरो जीवनलाई सुन्दर बनाउन कसरी अगाडी बढ्ने त भनेर म सोचिरहेको छु ।’

दिपा माया घरबाट हामी लिएको एक उदाहणको पात्र मात्रै हुन्। उनको जस्तै भोगाइ, अनुभव र माया गुमाएकाहरु मया घरमा ३४ सयबाट उकालो लागेका छन्। यहाँ जति पनि छन् उनिहरुको एउटै भनाइ

छ ‘माया नपाएर हामी सडकमा आएका हौँ’ । माया घरमा छहारीमा बस्नेहरु कलिला बालबालीका देखि वृद्धसम्म छन्। दिपा जस्तै सडकमा भौतारीनेहरुलाई देखेर इटहरीका महिलाहरुले माया घरको परिकल्पना गरेका थिए ।

आज भन्दा ४ वर्ष पहिला अर्थात् द्द०७४ सालमा बुनिएको परिकल्पाना अहिले सार्थक बनेको छ । उनिहरुको सपनामा सयौँले भोलिको सुन्दर भविष्यको जग बसाएका छन्। अनि परिवारको माया पनि पुनारावृद्धि भएको छ ।

जसरी माया नपाएर दिपाहरु सडकमा यता उता भौतारी रहेका थिए । २०७४ सालमा इटहरीका केहि महिलाहरु ति भौतारीएकाहरुलाई माया सहितको आश्रय दिने थालो बनाउन कहिले कुन गैर सरकारी

संस्था त कहिले सरकारी कार्यालयमा भौतारी रहेका थिए ।

‘म एक एन.जी.ओ कर्म (गैर सरकारी संस्थामा काम गर्ने) इटहरीका धेरै दिदिबहिनिहरुसँग शुक्रबार शनिबार हाम्रो भेट भइरहन्थ्यो । कामको सिल सिलामा गाउँघरमा सडकमा दौडदाँ खेरी रोडम गाउँमा दिदिबहिनीहरु, भाइवहिनिहरु अलपत्र अबस्था हामी देख्थ्यौँ’, माया घर नेपालकी उपाध्यक्ष राधिका कार्कीले भनिन्, ‘मैले गरिरहेको संस्थामा पनि यसलाई व्यवस्थापन गर्ने खालको कुनै प्रोजेक्ट थिएन । अरु साथीहरुकोमा बुझ्दा पनि कसैकोमा थिएन्। अ

न्य संस्थामा जाँदा पनि अहिले हामी कहाँ यस्ता वर्गकालाई व्यवस्थापन गर्ने कुनै कार्यक्रम छैन भन्ने । सरकारसँग जाँदा नि गर्नुपर्ने त हो तर कसरी गर्ने त्यसलाई सोचिहेका छौँ भन्ने । 

धेरै स्थानीय सरकार, एन.जी.ओ, आइ.एन.जी.ओहरुमा घचघच्याउँदै दौडिरहँदा हामीले उहाँहरुबाट आस्वासन मात्रै पाएउँ ।’मायाविहिनहरुलाई माया दिने आफ्नो योजनामा सरकार र अन्य संस्थाले पानी खन्याएपछि आफैँले संस्था खोल्ने तरखरमा लागेको उनले बताइन्। त्यहि बेला अर्थात्२०७४ सालमा उनिहरुले व्यक्तिगत एक÷एक लाख उठाएर आफ्नो सपनालाई सकार पार्न तम्सिए । त्यतिले मात्रै अपुग हुने भएपछि पुराण लगाएर अर्थको जोहो गर्ने उपाय उनिहरुले खोजे । पुराणमा उनिहरुले मनकारीहरुको साथ खुलेरै पाए । झण्डै ५० लाख जम्मा गर्न उनिहरुलाई बल पुग्यो । 

अनि उनिहरुको मायाविहिनलाई माया दिने सपनाले सार्थकता पायो । अनि माया घर नेपाल नाम दिएर संस्था खोले । इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा उनिहरुले एउटा घर भाडामा लिएर सडकमा भौतारिनेहरुको व्यवस्थापन गर्न सुरु गरे । दाताहरुको सहयोग बढ्दै जाँदा पुराणमा दान आएको जग्गामा घर बनाउँदै र थप्दै गएको उपाध्यक्ष कार्की सुनाउँछिन् । इटहरीमा मात्रै रहँदा सुनसरी र आसपासका मानिसहरुलाई समेट्न नसकेपछि धरानमा पनि माया घरको शाखा नै स्थापना गरेर संरक्षण र माया दिन उनिहरु लागे ।

माया घरले इटहरीबाट सुरु गरेको यो अभियान अब देशभर पुर्याउनल लक्ष्य लिएको माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन्। केहि वर्षमा नै देशका ७७ वटै जिल्लामा माया घर बन्ने उनले बताइन् । त्यसको प्रर्दुभाव आगामी वैशाखमा काठमाडौँबाट हुने उनले जानकारी दिइन् । यो सापना साकार गर्न सरकारको सहयोग अति महत्वपूर्ण र निणर्यक भएकाले तीनै तहका सरकारसँग सहकार्यका लागि अपिल गर्ने उनले सुनाइन् । 

अहिले सरकारबाट थोरबहुत सहयोग पाएको तर त्यो आफूहरुलाई अपुग रहेको उनको भनाइ छ । यस्ता व्यक्तिहरुलाई संरक्षण गर्न सके आफूहरुलाई भन्दा सरकारलाई नै ठूलो राहत हुने भएकाले हातेमालोगर्न सरकारसँग उनले अनुरोध गरेकी छिन्। ‘यो व्यवस्थापन गर्नुपर्ने दायित्व सरकारको हो । स्थानीय सरकारले पनि यसलाई हेर्नुपर्छ’, सचिव प्याकुरेलले भनिन्, ‘माया घरले एउटा पुलको मात्रै काम गर्न खोलेको हो । 

हामीले चाहेर पनि सबैकाम गर्न सक्दैनौँ । र, अहिले हामीले नेपाललाई नै सडक मानवरहित बनाउनुपर्छ भन्ने प्लान गरेका छौँ । त्यसको लागि आगामि वैशाखबाट काठमाडौँबाट हामी यसको सुरुवात गर्न गइरहेका छौँ । ७७ वटै जिल्लामा सडक मानवरहित बनाउने हाम्रो योजना छ । यसमा सबैको सहयोग चाहिन्छ ।