काठमाडौ । मतदानको दिन पानी पर्ने भविष्यवाणी पछि निर्वाचन आयाेगले हरेक निर्वाचन केन्द्रमा पाल/त्रिपालकाे व्यवस्था गर्न निर्देशन दिएकाे छ ।
शुक्रबार बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रमा पाल/त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न आयोगले भनेकाे हाे ।