मतदाताको अन्तिम नामावली आइतबार सार्वजनिक हुने

न्युजलय १२ चैत २०७८, शनिवार ०१:१९ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली आउँदो आइतबार सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार सोही अनुसार तयारी भइरहेको छ । 

 

यसैबीच आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । शुक्रबारको बैठकले शिक्षा सामग्रीलाई छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त राख्न निर्देशन पनि दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

 

उनका अनुसार करिब २ करोड मतपत्र छाप्ने तयारी छ । यसअघि पनि जनक शिक्षाबाटै मतपत्र छाप्ने गरिएको थियो ।


स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ ।