सुर्खेत । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।
आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएर फैसला आएको हो । जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनाको कसुरमा थुनामा रहेका २३ जनालाई नै जन्मकैद सजाय सुनाएको हो ।
यस्तै, नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद तोकिएको छ ।
साधारण तारेखमा छुटेका ११ जनामध्ये अन्य ८ जनालाई भने सफाइ दिइएको छ ।