कट्टुमा लुकाएर ल्याएको २ किलो सुनसहित दुई जना पक्राउ

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार ०७:०१ मा प्रकाशित

काठमाण्डौ । कट्टुमा लुकाएर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् । 

 उनीहरुलाई विमानस्थलको पार्किङबाट २ किलो तरल सुनसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।  दुबईबाट नेपाल वायुसेवा निगमको जहाजमा आएका उनीहरुलाई महाशाखा र विमानस्थल सुरक्षा कार्यालयको टोलीले शंका लागेपछि चेकजाँच गरेको थियो । 

दुबई विमास्थलमा सुन पठाउने समुहले ‘कट्टु लगाएर जानु भनेर सुन लुकाएको भित्री कट्टु दिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।