फिल्म ‘आरआरआर’ हेर्दा ३ घन्टा हलमा बस्नुपर्ने

न्युजलय ६ चैत २०७८, आइतबार ०७:४४ मा प्रकाशित

काठमाण्डौ ।  ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको फिल्म ‘आरआरआर’ नेपालमा समेत रिलिज हुने भएको छ ।

शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘आरआरआर’ नेपालमा पनि हिन्दी भाषामा रिलिज हुँदैछ । फिल्मले बक्स अफिसमा सुनामी नै ल्याउने अपेक्षा गरिएको छ ।

यो फिल्ममा जुनियर एनटीआर, रामचरण, आलिया भट्ट, अजय देवगण लगायतका कलाकारको अभिनय छ । यो फिल्मको समय ३ घन्टा ६ मिनेट ५४ सेकेन्डको छ ।

यसैले, दर्शकले फिल्मका लागि मात्र ३ घन्टा भन्दा बढी समय खर्चिनुपर्नेछ ।