भोजपुरमा १६ वर्षीया किशोरीमाथि करणी गरेको अभियोगमा एक जना पक्राउ

न्युजलय १७ माघ २०७८, सोमबार ०८:३७ मा प्रकाशित

भोजपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  

राम प्रसाद राई गाउँपालिका–३ ओख्रे बस्ने २७ वर्षीय पदम दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पदमले ती किशोरीलाई भोजपुर नगरपालिका–७ नयाँ बसपार्कस्थित होटेलमा शुक्रबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।