शौचालय जाँदा लडेर वडाध्यक्षको निधन

न्युजलय ७ मङ्सिर २०७८, मङ्गलबार ०१:५१ मा प्रकाशित

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ का वडाध्यक्ष लालप्रसाद बस्यालको निधन भएको छ।


सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर ७३ वर्षीय बस्यालको मृत्यु भएको सोही वडाका वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए।


शौचालय जाने क्रममा लडेर अचेत भएका बस्याललाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनी क्यान्सर रोगबाट पनि पीडित भएको बताइएको छ।


बस्याल स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।