हतुवागढीमा वडास्तरीय महिला पुरुष भलिबल प्रतियोगिता सम्पन्न, राजकुमार र प्रमिलालाई बेस्ट स्पाइगरको उपाधी

अर्जुन राई अपहेलित १७ पुस २०७८, शनिवार ०५:२२ मा प्रकाशित

घोडेटार । हतुवागढी खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । 

शुक्रबार हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिताको पुरस्कार वितरण तथा समापन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राईले खेल अवधिभर खेलाडीहरु निकै उत्साहित र अनुशाशीत भएर खेल प्रदर्शन गरेको उल्लेख गर्दै प्रशंसा गरे । 

गाउँपालिका अध्यक्ष समेत रहेका राईले खेलकुद विकासको लागि पालिकाको विभिन्न वडाहरुमा मैदान निर्माण तथा व्यवस्थापन साथै खेलकुद सामाग्री वितरणको व्यवस्था रहेको उद्घोष गरे । 

हतुवागढीमा खेलकुदका लागि पर्याप्त खेल मैदान अभाव भएको र त्यसका लागि स्पष्ट योजना हुँदाहुँदै पनि काम गर्न नसकिएको बताए । 

त्यसमध्येमा पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर केही न केही योजना रहेको तर विगतका वर्षमा कोभिड(१९ को कारण वडा तथा गाउँपालिकाबाट आयोजना गरिएका कतिपय खेलकुद कार्यक्रम स्थगन गर्नु परेको समेत अध्यक्ष राईले बताए । 

मन्तव्यका क्रममा बोल्दै हतुवागढी(१ का वडाध्यक्ष कुमार विष्टले खेलकुद स्वास्थको लागि र राष्ट्रको लागि महत्वपूर्ण रहेको उल्लेख गरे  ।

अध्यक्ष विष्टले खेलकुद क्षेत्रलाई अगाडि बढाउन तथा युवाहरुलाई खेलप्रती अग्रसर गराउन गाउँपालिका र सबै वडाले समेर सुरु देखि नै कार्यक्रम सञ्चालन गर्दै आएको बताए । 

गत सोमबार देखी भोजपुरको हातुवागढी– १ घोडेटार स्थित सगरमाथा माविको खेलमैदानमा जारी उक्त प्रतियोगितामा शुक्रबार भएको फाइनल खेल सँगै सम्पन्न भएको हो ।

बेस्ट अफ फाइभको आधारमा खेलाइएको पुरुष तर्फ फाइनल खेलमा हतुवागढी(९ हसनपुर भलिबल क्लबले वडा नम्बर ५ होम्ताङ्गलाई २५(२०,२५(२१ र २५–२० को सोझो सेटमा हराउँदै प्रथम बनेको हो ।

उपाधी विजेता बनेसँगै हसनपुर भलिबल टिमले रु। ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्  ।

त्यस्तै उपविजेता हतुवागढी–५ होम्ताङ भलिबल क्लबले रु ३५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् । 

महिला तर्फ फाइनल खेलमा हतुवागढी ६ होम्ताङ्गले हतुवागढी ५ होम्ताङ्गलाई २५–१७,२४–२६,२५–२१ र २५–११ को नतिजाले पराजित गरि विजेता बनेको हो ।

उपाधी विजेता बनेसँगै हतुवागढी–६ होम्ताङ भलिबल क्लबले रु। ३० हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्  ।

त्यस्तै उपविजेता टिम हतुवागढी–५ होम्ताङ भलिबल क्लबले रु २० हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् । 

हतुवागढी–५ होम्ताङ भलिबल क्लब प्रतियोगितामा महिला पुरुष दुवै तर्फको दोस्रो भएको छ । 

खेल अवधिभर पुरुष तर्फ उत्कृष्ट स्पाइगरको उपाधी हसनपुर भलिबल क्लबका खेलाडी राजकुमार तामाङले प्राप्त गरेका छन् भने महिला तर्फ हतुवागढी(६ होम्ताङ भलिबल क्लबका खेलाडी प्रमिला राईले प्राप्त गरे । 

त्यस्तै पुरुष तर्फ उत्कृष्ट डिफेन्सको उपाधि हतुवागढी–६ होम्ताङका खेलाडी खेलाडी सुरज राई र महिला तर्फ हतुवागढी–६ होम्ताङका खेलाडी कौशिला राईले प्राप्त गरेका हुन् । 

साथै पुरुष तर्फ उत्कृष्ट लिफ्टरको उपाधी हतुवागढी(८ भलिबल क्लबका खेलाडी एमन राई र महिला तर्फ हतुवागढी(५ होम्ताङ भलिबल क्लबका खेलाडी एरिना राईलाई प्रदान गरिएको आयोजक समितिका सचीव प्रकाश बस्नेतले जानकारी दिए ।

पालिका स्तरीय प्रतियोगिताको लागि खेलाडी छनौट तथा युवा पुस्तालाई खेलकुद क्षेत्रमा आकर्षित गराउँदै हतुवागढी क्षेत्रमा खेलकुदको विकास गर्ने उद्देश्यले भलिबल प्रतियोगिताको आयोजना गरिएको हतुवागढी खेलकुद विकास समितिका अध्यक्ष बालकुमार राइले बताए ।

नकआउट चरणमा खेलाइएको उक्त प्रतियोगितामा पुरुष तर्फ १३ समूह र महिला तर्फ ८ समुहको सहभागिता रहेको थियो ।

हतुवागढी खेलकुद विकास समितिका अध्यक्ष बाल कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सगरमाथा माविका प्रधानध्यापक हेमराज न्यौपाने, हतुवागढी गापा वडा नम्बर १ का अध्यक्ष कुमार विष्ट, वडा नम्बर २ का अध्यक्ष बिचारी थापा, वडा नम्बर ३ का अध्यक्ष राजकुमार राई, वडा नम्बर ४ का अध्यक्ष चन्द्र बहादुर विष्ट, वडानम्बर ६ का कार्यबाहक अध्यक्ष नन्द राई, वडानम्बर ७ का अध्यक्ष ध्यानकुमार राई, नेकपा एमाले हतुवागढी सचीव लाल बहादुर प्रधान, नेकपा माओवादी केन्द्र हतुवागढीका अध्यक्ष श्याम हाङखिम राई, समाजसेवी नारायण निरौला लगाएतको उपस्थिति रहेको थियो । 

उक्त प्रतियोगितामा हतुवागढी गापाको प्रायोजन तथा हतुवागढी–१ खेलकुद विकास समितिको समेत सह(आयोजना रहेको थियो ।