वीरगन्ज । पर्सामा बिहीबार(आज) दुई वटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पर्साको पोखरीया नगरपालिका–४ स्थित नहरछेउको सडकडमा बिहीबार बिहान साढे १० बजे विपरित दिशामा रहेका ना ३ प १०२६ र प्रदेश २–०३–००४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा दुबै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएका छ । मृत्यु हुनेमा पर्साको धोबीनी गाँउपालिका–२ गुलरीयाका ३५ वर्षीय ललन पटेल र पर्साकै सखुवा प्रसौनी–५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी रहेका छन्।
दुर्घटनामा मोटरसाइकलमा सवार धोबिनी–२ का ३० वर्षीय रोजदिन मया, सखुवा प्रसौनी–५ एकडरवाका रन्जित महत्तो र त्यही ठाँउका १९ वर्षीय सुपेन राउत गम्भीर घाइते भएका छन्।
घाइते तीनै जनाको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरीले जनाएको छ । तीब्र गतिमा रहेका दुबै मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।