एक हजार १२८ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

न्युजलय २८ माघ २०७८, शुक्रबार १०:४४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस अवधिमा थप १ हजार १ सय २८ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार २ सय १५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या २७ हजार ४ सय ४१ रहेको छ ।