सिके राउतका कार्यकर्ताबाट टाउको फुटाइएका जसपा सांसदलाई हेलिकप्टरबाट काठमाडौं लगियो

न्युजलय १२ चैत २०७८, शनिवार ०८:३६ मा प्रकाशित

जनकपुरधाम । सर्लाहीको इश्वरपुरमा भएको दुई पक्षीय झडपमा घाइते जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक तथा संघीय सांसद प्रमोद साहलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

सिम्रिक एयरको हेलिकप्टरबाट थप उपचारका लागि सांसद साहलाई काठमाडौं लगिएको सर्लाही प्रहरीले जानकारी दिएको छ । झडपमा सांसद साहको टाउको फुटेको छ ।

इश्वरपुर नगरपालिका–६ बयलबासमा दुई पक्षबीच भएको झडपमा सांसद साह र उनलाई बचाउने क्रममा सुरक्षा गार्ड घाइते भएको थियो । सांसद साहको टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रगत बगेकाले काठमाडौं लगिएको छ ।