सेयर बजारमा १४.३७ अंकको वृद्धि

न्युजलय ११ जेठ २०७९, बुधबार ०९:४४ मा प्रकाशित

काठमाण्डौ । सेयर बजारमा बुधबार (आज) १४.३७ अंकको वृद्धि देखिएको छ। उक्त अंकले बढेर फेरि २२३१.५७ विन्दुमा थामिएको छ। यस्तै बुधबार सेन्सिटिभ सूचक पनि २.४२ अंकले हरियो भएको छ । 

आज कुल २२६ कम्पनीको २६ लाख ९४ हजार कित्ता सेयर बिक्री भए। दिनभरिमा २२ हजार पटकको खरिदबिक्रीसँगै एक अर्ब ४ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज १३ वटै उपसूचकहरु उकालो लागेका छन्। 

आज लगानीकर्ताहरुले ५.९२ प्रतिशतसम्म कमाउँदा ७.१३ प्रतिशतसम्म गुमाउनुपरेको छ। कम्पनीहरुको आज ८ करोड ३४ लाख रुपैयाँसम्मको अधिकतम कारोबार भएको छ।