नेप्से १०.५४ अङ्कले घट्यो

न्युजलय २७ कार्तिक २०७९, आइतबार ०९:१८ मा प्रकाशित

काठमाण्डौ । आइतबार(आज) शेयर बजार दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच दिनका कारोबारमा बजार लगातार घटिरहेको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ८३ दशमलव १६ विन्दुमा झरेको छ । होटल समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ ।

आज दुई सय २५ वटा कम्पनीको २० लाख २८ हजार कित्ता शेयर ७७ करोड ४९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फन्डको शेयर झण्डै सात प्रतिशतले बढेको छ ।