आकाश इन्स्टिच्युटले गर्यो वक्तृत्वकला प्रतियोगिता

न्युजलय १२ पुस २०८१, शुक्रबार ०६:३२ मा प्रकाशित

इटहरी । इटहरीमा रहेको आकाश इन्स्टिच्युटले जापानिज भाषा अध्ययन गर्दै गरेका विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । 


स्थापनाको छोटो समयमै शैक्षिक परामर्श तथा भाषा शिक्षणमा अब्बल मानिँदै आएको आकाशले नेतृत्व तथा भाषिक विकास गराउने उद्देश्यले १६ जना विद्यार्थीहरु बीच उक्त प्रतियोगिताको आयोजना गरेको हो ।


इटहरीस्थित गोरखा होटेलमा आयोजना गरिएको उक्त प्रतियोगितामा एमी राईले प्रथम हुँदै ५ हजारसहित प्रमाणपत्र र मेडल प्राप्त गरिन् भने दोस्रो आस्मा राई  र तेस्रो नीरज सुयलले क्रमशः ३ हजार र २ हजार नगदसहित ट्रफि प्राप्त गरेका छन् । 


‘अध्ययनका लागि जापानै किन जाने ?’ भन्ने शीर्षक राखिएको उक्त प्रतियोगितामा सहभागीहरूको प्रस्तुति निकै दमदार देखिएको इन्सिटच्युटका कार्यकारी निर्देशक गोपाल निरौलाले बताए । कार्यक्रममा निर्देशक निरौलाले जापान जानु पूर्व र जापान गइसकेपछि ध्यान दिनुपर्ने कुराहरूका बारेमा विद्यार्थीहरु माझ प्रस्तुतीकरण समेत गरेका थिए ।