स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

न्युजलय २७ साउन २०८३, बुधबार ०३:२० मा प्रकाशित

सुनसरी । सुनसरीको गढी गाउँपालिका–४ मा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ। 

छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुल चिमडीको बसले बाटोको छेउमा बसिरहेकी ७५ वर्षीया गुद्री देवी मेहतालाई ठक्कर दिएको हो।

प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते मेहतालाई उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनापछि बस र चालक बर्जु गाउँपालिका–६ बस्ने २२ वर्षीय सुदिप सरदारलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।