इटहरी । महिला बचत तथा सहकारी संस्थाले गरेको रक्तदान कार्यक्रममा १३० पिन्ट रगत संकलन भएको छ ।
संस्थाले महिला दिवस समेतको अवसर पारेर धरान रोडस्थित महिला बचतको काउन्टर अगाडी गरेको रक्तदान कार्यक्रममा संस्थाका सदस्यका साथै सर्वसाधारणले रगतदान गरेका थिए ।
सहकारीले यसअघि पनि समय समयमा रक्तदान गर्ने गरेको थियो । यसका साथै विभिन्न स्वास्थ्य शिविर लगायत सामाजिक कामहरु गर्दै आएको सहकारीकी अध्यक्ष अमृता सुब्बाले जानकारी दिइन् ।
महिला बचत महिलाहरुले सञ्चालन गरेको देशकै अग्रणी सहकारी संस्था हो ।