१७ अंकले घट्यो नेप्से

न्युजलय २२ जेठ २०८०, सोमबार ०९:२९ मा प्रकाशित

काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । 

सोमबार नेप्से १७.३८ अंकको गिरावट हुँदा १९०१.९९ अंकको विन्दुमा बन्द भएको छ । सोमबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । उत्पादनमूलक उपसूचक सर्वाधिक २.४६ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक १.६७ प्रतिशत, अन्य उपसूचक १.५१ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने बढेको छ । आइतबार करिब १ अर्ब ६६ करोडको कारोबार भएको बजारमा सोमबार १ अर्ब ९७ करोड ३५ लाखको कारोबार भएको छ ।