काठमाडौं । सुन प्रतितोला एक लाख पाँच हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार (आज) सुनको मूल्य १०० रुपैयाँले घटेर कारोबार भएको हो ।
आज तेजावी सुन प्रतितोला एक लाख चार हजार ६०० रुपैयाँम कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।