धरानमा झोला भित्र भेटिएको शवको सनाखत, दुई जना पक्राउ

न्युजलय १० फाल्गुण २०७८, मङ्गलबार ०३:०८ मा प्रकाशित

धरान । गत बुधबार धरान ४ स्थित धरान भेडेटार सडक खण्डको जङ्गलमा जेब्रा झोला भित्र फेला परेको शवको सनाखत भएको छ । 


यस्तै, प्रहरीले हत्यामा संलग्न रहेका दुई जनालाई पक्राउ समेत गरेको छ । 


घटनाको बारेमा अहिले प्रहरीले केही जानकारी दिएको छैन । घटनाबारे विस्तृत जानकारी गराउन इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । 

 

गएको बुधवार र बिहीबार धरान भेडेटार सडक खण्डको आपगाँछी क्षेत्र जङ्गलमा २ वटा झोलामा पुरुषको शरीरको विभिन्न भागहरू काटेर फालेको अवस्थामा शव भेटिएको थियो । उक्त घटनामा सङ्घीय प्रहरी इकाई कार्यालय, इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले अनुसन्धान गरिरहेको थियो ।