यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय १६ चैत २०७८, बुधबार ०१:३१ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार बिहान क्षणिक वर्षा भएको छ ।


केही दिन यता विश्वकै प्रमुख प्रदूषित सहरमा परेको काठमाडौँमा हल्का वर्षा हुँदा राहत महसुस गरिएको छ ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ ।


दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।


बिहीबार प्रदेश १, मधेस, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । ती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।