चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

न्युजलय ७ बैशाख २०७९, बुधबार ०२:५६ मा प्रकाशित

काठमाडौं । देशको पहाडी क्षेत्रमा चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। 

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी क्षेत्रमा मेघगर्जन÷चट्याङसहित वर्षा गराउने बादल विका भई पूर्व–दक्षिणतिर सर्दै छ। 

  

हाल नेपालको पहाडी क्षेत्रमा मेघ गर्जन चट्याङ सहित वर्षा गराउने बादल विकसित भई पूर्व दक्षिण तिर सर्दै गरेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको हो ।