इटहरी । इटहरीमा निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुचारु गरिएको छ ।
इटहरीको जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले इटहरी क्षेत्र भर निःशुल्क रूपमा सेवा विस्तार गरिने भएको छ।
नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबार(आज) देखि नै लागू हुने गरी निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए ।
इटहरी उप महानगरपालिकाले जनताको लागि घरदेखि घाटसम्म शव वाहान र घरदेखि इटहरी अस्पतालसम्म निःशुल्क संयुक्त रूपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलले बताए ।
पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको भन्दै एम्बुलेन्स र शववाहनको अभाव सुरु भएको कारण जनतालाई निशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेका हौ नगर प्रमुख पौडेलले भने । अस्पतालमा बिशेषज्ञ डाक्टरहरुको सुबिधा भए सँगै बिरामीको संख्या बढ्दै गएको छ ।