इटहरी । इटहरी उपमहानगरपालिका ४ स्थित आइतबारेमा रहेको चामुण्डा भगवती आवसीय उच्च माबि (सीबी) कलेजको संचालक समितिको अध्यक्षमा देशबन्धु कार्की निर्वाचित भएका छन् ।
कलेजको छैटौ साधरणसभाबाट सर्वसम्मत रुपमा कार्की अध्यक्षमा चयन भएका हुन् । अस्ट्रेलियाको पिआर त्यागेर इटहरीमा व्यवसाय गर्दै आएका कार्की सामाजिक क्षेत्रमा समेत सक्रिय छन् ।
अस्ट्रेलियामा युनिभर्सिटी कम्युनिटी वेल्फेयर डेभलोपमेन्टमा स्नातकोत्तर पूरा गरेर २०७० सालमा नेपाल फर्केका उनी व्यवसायमा जमेका छन् । उनी नुप्चे लिकु हाइड्रोपावरका बोर्ड डाइरेक्टरसमेत हुन् । शेयर बजारमा लगानी गर्ने ऐकयाम इन्भेष्टमेण्टका अध्यक्ष रहेका देशबन्धु शिक्षा क्षेत्रमा समेत लगानी गर्दै आएका छन् ।
यस्तै, कलेज संचालक समितिको बरिष्ठ उपाध्यक्षमा दयाराम भट्टराई, उपाध्यक्षमा ललित बिश्वकर्मा, सचिवमा सागर प्रसाद भट्टराई, सदस्यमा रोषण श्रेष्ठ, अनिल खड्का, देबका पौडेल, खेम बास्तोला, उर्मिला घिमिरे चयन भएका छन् ।