इटहरी । घाँस काट्ने क्रममा रूखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका–२ पुनरबासका ३५ वर्षीय उज्वल लुइँटेल रहेको इलाका प्रहरी कार्यलय चक्रघट्टिले जनाएको छ ।
बुधबार दिउँसो घाँस काट्न जंगलमा पुगेका उनी घाँसकाट्ने क्रममा रूखबाट लडेर मृत्यु भएको हो ।
घटनाको सुचना पाएसंगै घटनास्थल पुगेको प्रहरी टोलीले शवको प्रकृति मुचुल्का गरी पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान ल्याइएको थियो ।
मृतकको बिहिबार चतरास्थित आर्यघाटमा दाहसंस्कार गरिएको बताइएको छ ।