काठमाडौं । बिहीबार नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा अडिएको छ। नेप्से परिसूचक घट्दा कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।
यसदिन ३६१ वटा स्क्रिप्सको ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४२ वटा स्टक्सको मूल्य बढ्दा २२९ वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य स्थिर रह्यो।