नेप्सेमा ३५.०९ अंकको गिरावट

न्युजलय ३० असार २०८२, सोमबार ०९:२१ मा प्रकाशित

काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ को विन्दुमा आएको छ । 

नेप्सेमा यसदिन ३२१ कम्पनीको २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोडको सेयर कारोबार भएको छ ।

आज माइखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५।९० प्रतिशतका दरले कमाएका छन् । केबिएल डिबेञ्चरका इकाईधनीले ५।७७ प्रतिशतका दरले कमाएका छन् ।