आज २ साउन २०८२ शुक्रवारको राशिफल

न्युजलय ३ साउन २०८२, शुक्रबार ११:३१ मा प्रकाशित

मेष । मेहनतको परिणामले आत्मविश्वासमा वृद्धि हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव आउनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

वृष । परिस्थितिवस खर्चमा वृद्धि हुनेछ। आशा देखाउनेहरूको भरपर्दा दुःख पाइनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

मिथुन । नयाँ अवसरको साथमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइमा ध्यान केन्द्रित गर्न सकिनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट । माननीयजनहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति गर्न सकिनेछ। कार्य क्षेत्रमा तारिफ योग्य कार्यको चर्चा हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

सिंह । सामुदायिक जिम्मेदारी वहन गर्नमा सफल भइनेछ। लगनशीलताले उपलब्धिका नयाँ स्रोतहरू फेला पर्नेछन्। धर्मकर्म प्रति मन लाग्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्या । खर्चमा वृद्धी र चुनौतीको समय रहेको छ सावधान रहनुहोला। सामान्य कामको लागि दौडधुप गर्नुपर्ला। तत्काल फाइदा हुने कार्य हात लाग्नेछ। सवारी साधन चलाउदा सावधान रहनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

तुला । मित्रता र प्रेमको बन्धन कसिनेछ। आफन्तहरूको स्नेह र सत्कार पाइनेछ। घुमफिर वा मनोरञ्जनमा समय व्यतित हुनेछ। अरुको कुरा सुनेर कुनै निष्कर्षमा नपुगौं। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक । कला देखाएर समाजमा नाम स्थापित गर्न सकिनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। शत्रुहरू आफै किनारा लाग्नेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

धनु । कार्यक्षेत्रमा कार्य थाल्नुभन्दा अघि योजना सार्वजनिक नगर्नुहोला। शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। गुरुजनहरूबाट सहयोग मिल्नेछ। दिगो कामको थालनी हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

मकर । समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। कार्यक्षेत्रमा अरूको भरपर्दा कार्य बिग्रिन सक्ला। पारिवारिक सद्भावमा कमी आउनेछ। दोहोराएर कार्यकर्ता लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ । काममा सोचेजस्तो सफलता मिल्नेछ। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिनेछ। धैर्य र आत्मविश्वासमा वृद्धि हुनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन । अभिव्यक्तिको कलालाई निखार्ने अवसर मिल्नेछ। पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। मेहनतले सम्माननीय स्थान दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

स्रोत हाम्रोपात्रो