भक्तपुरमा घरको गेटले किचेर ५ वर्षीया बालिकाको मृत्यु

न्युजलय ३१ साउन २०७९, मङ्गलबार ०८:५८ मा प्रकाशित

काठमाडौं । घरको कम्पाउण्डमा लगाइएको फलामे गेट पल्टिँदा ५ वर्षीया बालिकाको मृत्यु भएको छ। 

मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकस्थित तिलक प्रसाद गौतमको घरको कम्पाउण्डमा रहेको फलामे गेट पल्टिएर किच्दा ५ वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो। 

प्रहरीका अनुसार श्रीसिजाका बाबु गौतम अर्याल तिलक प्रसादको घरमा पाहुना आएका थिए। घरमा खेल्ने क्रममा अचानक गेट ढलेर श्रीसिजालाई किचेको थियो। 

गेटको ढोकाले किच्दा गम्भीर घाइते भएकी उनको मध्यपुर अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको  हो।