वीरेन्द्रनगरमा राखियो राजा वीरेन्द्रको शालिक

न्युजलय १४ पुस २०७८, बुधबार ०९:३३ मा प्रकाशित

काठमाण्डौ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक राखिएको छ ।

बुधबार(आज) स्वतन्त्र सुर्खेतबासी जनता समूहले राजाको शालिक ठड्याएको हो । राज वीरेन्द्रको जन्म जयन्तीको अवसर पारेर सालिक राखिएको जनाइएको छ ।

राजाको प्रतिमा निर्माण गरिएको उक्त चोकमा राजा वीरेन्द्रको शालिक राखिएको थियो । तर, २०६२–०६३ को जनआन्दोलन हुँदा सालिक हटाइएको थियो । वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोक पुनःनिर्माण गरेपनि सालिक भने राखेको थिएन । 

राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जनक सिंहले राजाको शालिक कूनै एउटा व्यक्तिले मात्र नभई जनताको अपेक्षाअनुसार राखिएको जानकारी दिए । 

साथै उनले यो शालिक राख्न निकै ठुलो बलिदानी गरिएको समेत दाबी गरे ।

तत्कालीन राजा वीरेन्द्रले मन पराएको ठाउँ भएकाले उनले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई ल्याएर वीरेन्द्रनगरको गुरुयोजना बनाउन लगाएका थिए ।

२०४४ सालमा राजा वीरेन्द्रका दम्पती नै सुर्खेतमा आएर यो चोक अनावरण गरेका थिए ।