बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा धरानका तामाङको मृत्यु

न्युजलय ८ असोज २०८१, मङ्गलबार ०५:२५ मा प्रकाशित

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका १ झण्डा चोकस्थितमा दुर्घटना हुँदा धरानका एक पुरुषको मृत्यु भएको छ ।

उदयपुरबाट झण्डा चोकतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा धरानका एक पुरुषको मृत्यु भएको हो ।

प्र १–०२–०४४ प २७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका ८ बस्ने ६२ वर्षीय योगेन्द्रराज तामाङको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।