म्यादी प्रहरी आफ्नै कोठामा मृत फेला

न्युजलय १६ बैशाख २०७९, शुक्रबार ०१:४० मा प्रकाशित

काठमाडौँ । हुम्लाको सर्केगाडमा एक जना म्यादी प्रहरी आफ्नै कोठामा मृत फेला परेका छन्। 


सर्केगाड गाउँपालिका ६ घर भई सिमकोटमा बस्दै आएका ४४ वर्षीय जसबहादुर रोकायाको शव आफ्नै कोठामा फेला परेको हो। 


जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार रोकाया बुधबार मतदान केन्द्रमा खटिएका थिए। ड्युटी सकेर उनी कोठामा सुत्न गएका थिए।


रोकायाको मृत्युको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।