चितवनमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

न्युजलय २० साउन २०७९, शुक्रबार ०८:४२ मा प्रकाशित

चितवन । चितवनमा घाँस काट्न वन गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका– ६ देवनगरस्थित दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५१ वर्षीया माया विकको मृत्यु भएको हो। 

उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।