काठमाडौं । अमेरिकामाथि १० विकेटको जित निकाल्दै नेपाल दृष्टिविहिन महिला टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।
नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् । त्यसअघि, टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका ९।४ ओभरमा १७ रनमै समेटिएको थियो।
अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि दिलसरा धमलाले ३ र सुनिता घिमिरेले १ विकेट लिए ।
तेस्रो जितसँगै नेपालले चार खेलबाट ६ अंक जोडेको छ ।